बसबाट खस्दा सहचालकको मृत्यु

भक्तपुर, असोज  मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कूल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ ।बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भ¥याङबाट खस्दा अन्दाजी वर्ष २०÷२२ वर्षका सहचालकको मृत्यु भएको हो । उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन केसीले बताउनुभयो । सहचालकबारे चालक भक्तपुर नगरपालिका–३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको केसीको भनाइ छ । कर्माचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

Comments

comments

अरु समाचार

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थेगिनक्नु

तुलसीपुर,  असोज : तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको...

भूकम्पपीडितले राहत पाएनन्

स्याङजा,  असोज भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् । वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो...

© Paschim Khabar 2017 - All Right Reserved.