जेरुसेलममा अमेरिकी दूतावास खुलेसँगै प्रदर्शन, भिडन्तमा ५५ मारिए, २७ सय घाइते

जेरुसेलममा अमेरिकाले दूतावास खोलेको विरोधमा गाजा क्षेत्रमा सोमबार भएका प्रदर्शनका क्रममा भएका भिडन्तमा ५५ प्यालेस्टाइनीको मृत्यु भएको छ  भने २७०० घाइते भएका छन् ।

प्यालेस्टाइनी अधिकारीका अनुसार इजरायली सुरक्षा फौजसँगको भिडन्तमा २ हजार ७ सयभन्दा बढी घाइते भएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रीका अनुसार मृत्यु हुनेमध्ये केही बालबालिका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जेमिन नेतान्याहू ले आफ्नो सुरक्षाकर्मीको बचाव गर्दै आत्मरक्षाका लागि गोली चलाइएकाे दाबी गरेका छन्।

प्यालेस्टाइनीहरूले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिएयता विरोध प्रदर्शन गर्दै आइरहेका छन् । नयाँ दूतावासको उद्घाटन समारोहमा अमेरिकी वरिष्ठ अमेरिकी अधिकारीहरू, राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी र ज्वाइँ सहभागी भएका थिए ।

ट्रम्पका ज्वाइँ जरेद कुस्नरले उद्घाटन कार्यक्रममा बोल्दै ‘अमेरिकी राष्ट्रपतिले कुनै पनि वाचा गरे भने पूरा गरेरै छाड्ने’ बताए । यसैबीच, अमेरिकी विदेशमन्त्री मायक पोम्पियोले एक विज्ञप्तिमार्फत अमेरिका अझै पनि इजरायल र प्यालेस्टाइनबीच शान्ति स्थापनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

इजरायलले प्रदशर्नकारीहरूले ढुंगा प्रहार गरेपछि कारबाही गरेको जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बर ३० मा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएका थिए ।

जेरुसेलममा दूतावास खोल्ने अमेरिकी निर्णय अस्वीकार गर्ने बताएको छ । सोमबार फ्रान्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘अमेरिकी कदमले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको’ उल्लेख छ । (साभार कान्तिपुर)

Comments

comments

अरु समाचार

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थेगिनक्नु

तुलसीपुर,  असोज : तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको...

भूकम्पपीडितले राहत पाएनन्

स्याङजा,  असोज भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् । वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो...

© Paschim Khabar 2017 - All Right Reserved.