यस्तो देखियो नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि को बैठक

काठमाडौँ, ३ जेठ: नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्यले आज सामूहिक रुपमा शपथ लिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकार्कालाई शपथ खुवाएपछि दुवै पार्टीका केन्द्रीय सदस्यलाई शपथ गराइयो । एकीकृत पार्टीको पहिलो केन्द्रीय समितिको बैठकमा पार्टी एकताको समग्र प्रक्रियाका बारेमा अध्यक्षद्वय ओली र दाहालले जानकारी दिनुभएको थियो ।

एकीकृत पार्टीको स्थायी समिति ४५ सदस्यीय रहनेछ । सो समितिमा एमालेका २६ र माओवादी केन्द्रका तर्फबाट १९ जना रहनेछन् । केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ । सो समितिमा एमालेका २४१ र माओवादी केन्द्रतर्फबाट २०० जना सहभागी हुनेछन् । वाम गठबन्धन हुँदै पार्टी एकताको प्रक्रिया अगाडि बढाएका एमाले र माओवादी दुवै पार्टी विघटन गरेर नयाँ पार्टी गठन गरिएको हो । सामूहिक शपथपछि नयाँ पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुग्नुभएको छ ।

afn’jf6f/df ;fd”lxs zky
k|wfgdGqL lgjf; afn’jf6f/df laxLaf/ g]skf-Pdfn]_ / g]skf-dfcf]jfbL s]Gb|_sf] Pstfkl5 u7g ePsf] g]kfn sDo’lg:6 kf6L{sf] s]Gb|Lo ;ldltsf ;b:ox? ;fd”lxs zky lnFb}} . tl:a/M gljg kf}8]n, /f;;

Comments

comments

अरु समाचार

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थेगिनक्नु

तुलसीपुर,  असोज : तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको...

भूकम्पपीडितले राहत पाएनन्

स्याङजा,  असोज भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् । वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो...

© Paschim Khabar 2017 - All Right Reserved.