रुकुमकाे भूमे गाउँपालिकामा रुख कटान यस्तो छ अनौठो चलन(फाेटाे फिचर)

हरि गौतम रुकुम (पूर्व) — भूमे गाउँपालिकाका केही गाउँमा यस्तो अनौठो चलन छ कि जहाँका सामुदायिक वनका रुख कटान गर्नुपर्ने । वन व्यवस्थापनका लागि वन कटान तथा छटान गर्नुपर्ने त हुन्छ नै तर यहाँका केही गाउँमा वैज्ञानिक वन व्यवस्थापनभन्दा पनि स्थानीयस्तरमा चल्दै आएको चलनका आधारमा वनका रुख कटान गर्ने गरिएको छ ।

अघिल्लो वर्ष २०७४ सालमा भूमे गाउँपालिका–३, सीमा गाउँको भुँचाइले सामुदायिक वनका रुख कटान गरिएको छ । हरेक २० देखि ३० वर्षको फरकमा यसरी रुख कटान गर्ने गरिएको हो । वनमा रहेका सबै रुखहरु कटान गर्ने र नयाँ पलाउन वातावरण बनाउने तर्कसहित स्थानीयले रुख कटान गर्ने गरेका रहेछन् । वैज्ञानिक वन व्यवस्थापनअनुसार बाङ्गाटिङ्गा, होचा तथा वनलाई नै असर गर्ने खालका रुखका हाँगा तथा केही रुखहरु पनि कटान हुन्छन् । तर भुँइचाले सामुदायिक वनका रुखका त एउटै पनि हाँगा नराखेर कटान गरिँदोरहेछ ।वन समूहका अध्यक्ष जमलाल विकले प्रत्येक उपभोक्तालाई रुख जिम्मा दिएर कटान गरिएको बताए ।

एउटा उपभोक्ताको लागि ४ देखि ७ वटासम्म रुख कटान गर्नुपर्ने जिम्मा थियो । रुख कटान गरिसकेपछि उक्त रुखबाट आउने काठ, दाउरा पनि रुख काट्ने उपभोक्ताकै हुने गर्दछ । यसरी रुख कटान गर्दा केही वर्षमा रुख राम्रो हुने तथा सामुदायिक वनभित्रका सबै रुख एकै नासको हुने भनाइ विकको छ । यी रुखहरु दुई पटक हाँगा काटिइसकेका स्थानीयले बताएका छन् ।साभार कान्तिपुर

Comments

comments

अरु समाचार

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थेगिनक्नु

तुलसीपुर,  असोज : तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको...

भूकम्पपीडितले राहत पाएनन्

स्याङजा,  असोज भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् । वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो...

© Paschim Khabar 2017 - All Right Reserved.