आश्चर्यजनक तथा कीर्तिमानी होटल : १७ तला जमिनमुनि, २ तला पानीमुनि (फोटो फिचरसहित)

चीनले हालै विश्वको सबैभन्दा भव्य, ठूलो तथा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल बनायो, राजधानी बेइजिङमा । चीनको कीर्तिमानीको यो रफ्तार यत्तिमा मात्र रोकिनेवाला छैन ।

अब छिटै अर्को आश्चर्यजनक तथा कीर्तिमानी भौतिक संरचनाले पुनः अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा कमाउँदैछ ।

चीनको सांघाइमा एउटा यस्तो होटल बन्दैछ जसलाई डिप पिट होटेल अर्थात् गहिरो खाल्डोको होटेल भन्दा पनि हुन्छ ।

यो होटल निकै ठूलो हुनेछ । तर जमिनमाथि चाहिँ केवल २ वटा तला मात्र हुनेछन् ।

होटलका अन्य १७ तलाहरु जमिनमुनि हुनेछन् । त्यस्तै अन्य दुईवटा तला चाहिँ वास्तवमा पानीमुनि हुनेछन् ।

उक्त होटेल निर्माणस्थलका सार्वजनिक भएका तस्वीरहरु निकै भव्य तथा आश्चर्यजनक देखिन्छन् ।

१ सय मिटर गहिरो खाल्डोमा यो होटल बनिरहेको छ । सांघाइ सिटीनजिकैको सोङजियाङ जिल्लामा यो होटल रहेको छ ।

बेलायती डिजाइन तथा इन्जिनियरिङ कम्पनी एटकिन्सले यो होटलको डिजाइन गरेको हो । सन् २०१३ को नोभेम्बर देखि यो होटलको निर्माण सुरु भएको हो ।

यो होटलमा ३८३ वटा कोठा हुनेछन् । त्यस्तै हरियो छत हुनेछ भने २ तला पानी मुनि हुनेछ । छतदेखि ठूलो झरना भुइँमा रहेको पोखरीमा खसाइनेछ ।

हेर्नुस् तस्वीरहरु : 

पिपुल्स डेलीबाट

Comments

comments

अरु समाचार

मलेसियामा गैरकानुनी आप्रवासीमाथि धरपकड, सयौं पक्राउ

मलेसिया — मलेसियाले गैरकानुनी आप्रवासी कामदारमाथि आइतबारदेखि थालेको धरपकड अभियानको पहिलो दिनै सयौं आप्रवासीहरु पक्राउ परेका छन् । गैरकानुनी आप्रवासी कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि...

विवाह-वन्धनमा बाँधिए बेलायती राजकुमार ह्यारी र मार्कल (फोटो फिचर)

बेलायत, ५ जेठ एएफपी ः बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिनुभएको छ । राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा...

जेरुसेलममा अमेरिकी दूतावास खुलेसँगै प्रदर्शन, भिडन्तमा ५५ मारिए, २७…

जेरुसेलममा अमेरिकाले दूतावास खोलेको विरोधमा गाजा क्षेत्रमा सोमबार भएका प्रदर्शनका क्रममा भएका भिडन्तमा ५५ प्यालेस्टाइनीको मृत्यु भएको छ  भने २७०० घाइते भएका छन् । प्यालेस्टाइनी...

© Paschim Khabar 2017 - All Right Reserved.