के प्रेममा छिन् शाहरुखकी छोरी ? सार्वजनिक भयो यस्तो तस्वीर

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना यतिबेला एक तस्वीरका कारण चर्चामा छिन् । तस्वीरमा उनले एक विदेशी युवकलाई अंगालोमा बेरेको देखिन्छ ।

यसअघि सुहानाले आफ्ना केटी साथीहरुसँग मोजमस्ति गरिरहेका तस्वीरहरु सार्वजनिक हुने गरेका थिए । उनी पहिलोपटक कुनै पुरुषसँग यति नजिक देखिएकी हुन् । यी युवक उनको कलेज फ्रेन्ड भएको बताइएको छ । तर तस्वीरको प्रकृति हेर्दा उनीहरुबीच मित्रताभन्दा बढि नै गहिरो सम्वन्ध रहेको भान हुन्छ ।

 

सुहानाको फ्यान पेजमा यो श्यामश्वेत तस्वीर सार्वजनिक भएको हो । फोटोको क्याप्समा ‘इद मुबारक टु एभि्रवान’ लेखिएको छ । साथै यो कुनै पार्टीमा सुहानाले आफ्नो साथीसँग खिचेको जनाइएको छ । तस्वीरमाथि विभिन्न टिप्पणीहरु आइरहेका छन् । कतिपयले सुहाना प्रेममा परेको हुन सक्ने आशंका गरेका छन् भने धेरैले कुनै पुरुषलाई अंगालो मार्दैमा प्रेम परेको मान्न नसकिने तर्क गरेका छन् । यसमा सुहानाको प्रतिक्रिया भने आएको छैन ।

मुम्बईमा धीरुभाई अम्बानी इन्टरनेसनल स्कुलमा पढेकी सुहाना अहिले लन्डनको आर्डिन्ली कलेजमा पढिरेहकी छन् । यी युवक सोही कलेजका साथी भएको बताइएको छ ।

सुहाना भारतीय मिडियाले अत्यधिक पछ्याइरहेकी स्टार किड्समा पर्छिन् । उनी चाँडै फिल्ममा आउन सक्ने अड्कल पनि काटिएको छ । अभिनयबाहेक उनको रुची खेलकुदमा पनि छ । बाबु शाहरुखले छोरीलाई फिल्म वा खेलकुद जहाँ करिअर बनाउन चाहे पनि आफूले सहयोग गर्ने बताउँदै आएका छन् । (साभार अनलाइनखबर)

Comments

comments

अरु समाचार

अभिनेता राजेश हमाल डोल्पामा अलपत्र

डोल्पा– अभिनेता राजेश हमाल डोल्पामा अलपत्र परेका छन्।डोल्पाको सदरमुकाम दुनैमा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन गएका हमाल मौसम अनुकुल नभएपछि अलपत्र परेका हुन्...

रेस्टुरेन्टको कुनामा प्रियंका र निक एक-अर्कासँग लठ्ठ

अफेयरको चर्चाबीच बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोन्सले लस एन्जेलसको एउटा रेस्टुरेन्टमा डिनर डेट गरेका छन् । उक्त डेटमा दुवै जना...

यस्ताे छ भावनकाे “बग्ने खाेला” गित (भिडियाेसहित)

दैलेख जन्मथलाे भएकी भावना अार्चाय अहिले चर्चामा रहेकी छिन । गित र नृत्यमा पारगत अाचार्य अहिले “बग्ने खोला ”  गितका कारणा चर्चामा रहेकी हुन्र...

© Paschim Khabar 2017 - All Right Reserved.