पनामा पेपर्स-२ : फेरि करछलीमा मुछिए मेस्सी

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय समूह (आइसिआइजे) ले बुधबार राति सार्वजनिक गरेको पनामा पेपर्स- २ मा अर्जेन्टिनी फुटबलर लियोनल मेसी पनि परेका छन्। दुई वर्षअघि पहिलो पटक पनामा पेपर्स सार्वजनिक हुँदा पनि मेसी करी छलीमा संलग्न भएको उल्लेख गरिएको थियो।

आइसिआइजेले मोसेक फोन्सेका नामको बिचौलिया ल फर्मबाट  पाएको  कागजातमा मेसी र उनका बुवा जोर्जे होरासियो  मेसी करी छलीमा संलग्न भएको खुलेको जनाएको छ।

दुई वर्षअघि पनामा पेपर्समा मुछिएपछि मेसीमाथि स्पेनले छानबिन गरेको थियो। मेसीले भने उनले कर छल्न प्रयोग गर्ने भनिएको अफसोर कम्पनी मेगा स्टार इन्टरप्राइजेज पूर्ण निष्क्रिय भएको प्रतिक्रिया दिएका थिए।

बार्सिलोनामा व्यावसायिक फुटबल खेल्ने मेसीलाई स्पेनको एक अदालतले २१ महिना जेल सजाय झन्डै २४ करोड रुपैयाँ (२ मिलियन युरो) जरिवाना पनि तोकेको थियो।

Comments

comments

अरु समाचार

इन्जुरी टाइमको गोलले स्पेन बन्यो समूह विजेता

काठमाडौं । एगो आसपासको इन्जुरी टाइमको गोलको मदतमा स्पेनले मोरक्कोसँग बराबरी खेलेको छ र समूह बीको विजेता बन्दै विश्वकपको नकआउट चरणमा पुगेको छ ।...

क्रोएशियाले दियो अर्जेन्टिनालाई ३-० को ठूलो झट्का

नकआउट चरण प्रवेशका लागि जित्नै पर्ने दबाबका साथ जारी विश्वकपमा क्रोएसिया विरूद्ध उत्रेको अर्जेन्टिना समूह चरणको दोस्रो खेलमा ३-० ले पराजित हुन पुगेको छ।...

© Paschim Khabar 2017 - All Right Reserved.