क्रोएशियाले दियो अर्जेन्टिनालाई ३-० को ठूलो झट्का

नकआउट चरण प्रवेशका लागि जित्नै पर्ने दबाबका साथ जारी विश्वकपमा क्रोएसिया विरूद्ध उत्रेको अर्जेन्टिना समूह चरणको दोस्रो खेलमा ३-० ले पराजित हुन पुगेको छ।

हारसँगै उसका लागि नकआउट प्रवेश थप कठिन बनेको छ। पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एन्टे रेविकले अर्जेन्टिनी गोल रक्षकको कमजोरीको फाइदा उठाउँदै बललाई जाली चुमाए।

उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए। गोल खाएपश्चात अर्जेन्टिनाले खेलमा फर्किने प्रयास गरे पनि सफलता हात पार्न सकेन।

यस्तैमा खेलमा फर्कन संघर्षरत: अर्जेन्टिनाले खेलको ८० औं मिनेटमा फेरि अर्को झट्का बेहोर्न बाध्य भयो। क्रोएसियाका मोड्रिकले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर पारे पछि अर्जेन्टिना दोश्रो झट्का खान बाध्य भएको हो।

२-० को गोलले दबाबमा परेको अर्जेन्टिनाको विपक्षमा खेलको ९१ औं मिनेटमा क्रोएशियाले फेरि गोल गरेर आफ्नो जीतलाई ३-० ले फराकिलो बनाइदियो। उक्त गोल इभान राकिटिचले गरेका थिए।

अन्तत: अर्जेन्टिना क्रोएशियालाई ३-० को जित सुम्पिन बाध्य भयो।

जीतसँगै क्रोएशिया ६ अंक बटुल्दै दोस्रो चरण प्रवेश गरेको छ। क्रोएसियाले यसअघि नाइजेरियालाई पराजित गरेको थियो भने अर्जेन्टिना आश्चर्यजनक ढंगले सानो युरोपेली राष्ट्र आइसल्यान्डसँग बराबरी खेल्दै अंक बाढ्न बाध्य भएको थियो।

क्रोएशियासँगको हारले अर्जेन्टिनाको दोस्रो चरण प्रवेश क्षिण बनेको छ। अब उसले समूह चरणको अन्तिम खेल नाइजेरियासँग खेल्न बाँकी छ।

Comments

comments

अरु समाचार

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थेगिनक्नु

तुलसीपुर,  असोज : तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको...

भूकम्पपीडितले राहत पाएनन्

स्याङजा,  असोज भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् । वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो...

© Paschim Khabar 2017 - All Right Reserved.