चेल्सीले जित्यो एफए कपको उपाधी

(एजेन्सी)– चेल्सीले शनिबार एफए कप जितेको छ । म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले आठौं पटक एफए कप जितेको हो । इडेन हाजार्डले २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

सम्भवत चेल्सी छोड्नु पर्ने अवस्थामा रहेका प्रशिक्षक एन्टोनियो कोन्टेका लागि त्यो उपाधि उपहार हुन सक्दछ । लगातार दोस्रो बर्ष फाइनल खेलेको चेल्सी हाजार्डको गोलले चेल्सीले निराश हुन परेन । गत वर्ष चेल्सी फाइनलमा आर्सनलसँग पराजित भएको थियो ।

फिल जोन्सले पेनाल्टी बक्समा फाउल हानेपछि चेल्सीले पेनाल्टी पाएको थियो । एफए कपको जितेपछि कोन्टेको चेल्सी बसाई असम्भव जस्तै देखिएको छ । प्रिमियर लिगको यो सिजन टोलीले पाँचौं स्थानमा अन्त्य गरेको थियो ।

Comments

comments

अरु समाचार

इन्जुरी टाइमको गोलले स्पेन बन्यो समूह विजेता

काठमाडौं । एगो आसपासको इन्जुरी टाइमको गोलको मदतमा स्पेनले मोरक्कोसँग बराबरी खेलेको छ र समूह बीको विजेता बन्दै विश्वकपको नकआउट चरणमा पुगेको छ ।...

पनामा पेपर्स-२ : फेरि करछलीमा मुछिए मेस्सी

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय समूह (आइसिआइजे) ले बुधबार राति सार्वजनिक गरेको पनामा पेपर्स- २ मा अर्जेन्टिनी फुटबलर लियोनल मेसी पनि परेका छन्। दुई वर्षअघि पहिलो पटक...

क्रोएशियाले दियो अर्जेन्टिनालाई ३-० को ठूलो झट्का

नकआउट चरण प्रवेशका लागि जित्नै पर्ने दबाबका साथ जारी विश्वकपमा क्रोएसिया विरूद्ध उत्रेको अर्जेन्टिना समूह चरणको दोस्रो खेलमा ३-० ले पराजित हुन पुगेको छ।...

© Paschim Khabar 2017 - All Right Reserved.