विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी

विराटनगर,  साउन : विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ ।
कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा पाँच दशमलव ०२ प्रतिशत ज्यादा उठाएको छ ।

विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार भन्सार महसुलतर्फ रु १३ अर्ब ४४ करोड ९२ लाखको लक्ष्यमा रु १३ अर्ब ८५ करोड २४ लाख राजस्व संकलन गरिएको छ ।

यसैगरी, मूल्यअभिवृद्धि करतर्फ रु १३ अर्ब २२ करोड ५७ लाख उठाउने लक्ष्य रहेकोमा रु १७ अर्ब ५३ करोड १३ लाख राजस्व संकलन गरिएको छ ।

यस्तै, अन्तःशुल्कको वार्षिक लक्ष्य रु चार अर्ब ५६ करोड ९९ रहेकोमा रु एक अर्ब ४२ करोड ८८ लाख राजश्व संकलन भएको छ ।

Comments

comments

अरु समाचार

नवील बैंकद्वारा पश्चिम नेपालका १२ गाउँपालिकामा शाखा

काठमाडौँ, २ साउन : नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप गरेको छ । बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको...

कर्णालीको विनियोजन विधेयकमाथि छलफल जारी

सुर्खेत, १६ असार :कर्णाली प्रदेश सरकारले ल्याएको “विनियोजन विधेयक २०७५” माथि दफावार छलफल प्रक्रिया जारी रहेको छ । बिहीबारदेखि सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि...

मकै पकेट क्षेत्रका कृषकलाई सामग्री हस्तान्तरण

जाजरकोट, ३१ जेठ : मकै पकेट क्षेत्रका कृषकलाई बीउ उत्पादनमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ । भेरी नगरपालिका–२, तिमिलेका कृषकलाई मकैको बीउ उत्पादनमा प्रयोग...

© Paschim Khabar 2017 - All Right Reserved.