चीनको मकाउमा सुरु भएको ‘पाटा ट्राभल मार्ट २०१७’ मा नेपालको पनी सहभागीता

चीनको मकाउमा सुरु भएको ‘पाटा ट्राभल मार्ट २०१७’ मा नेपाल सहभागी भएको छ । मार्टमा पाटा–नेपाल च्याप्टर, नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, विभिन्न होटल, ट्राभल एजेन्सी लगायत सहभागी छन् । यसमा ६० देशका १ हजारभन्दा बढी प्रतिनिधि सहभागी भइरहेका छन् ।

मार्टमा नेपालको नेतृत्व गर्दै आएका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विश्वभरिका पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको बताए । विनाशकारी भूकम्पपछि नेपालको पर्यटनले गति लिन थालेको उनले बताए । नेपालको र्पटन क्षेत्र विश्वको भन्दा निकै फरक भएका कारण नेपाल विश्वको एक उत्कृयट गन्तब्य स्थल भएको बताए ।

यस्ता मार्टले नेपालको पर्यटन क्षेत्रमा निकै प्रभाव पार्ने बताए।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरका अध्यक्ष सुमन पाँडेले नेपाली ट्राभल कम्पनीहरू व्यापार विस्तार गर्न यसखालको अन्तर्राष्ट्रिय ट्राभल मार्टमा सहभागी हुनुपर्ने बताए । यसमा वायुसेवा निगम र पर्यटन बोर्डको सहकार्यबाट थप सहयोग पुगेको उनको भनाइ छ ।

त्यसैगरी पाटाका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले पाटाले आयोजना गर्ने मार्ट वर्षौंदेखि क्रेता र बिक्रेताको राम्रो मञ्च भएको बताए । पाटाका उपाध्यक्ष क्रिस बट्रिलले नेपाल संसारकै उत्कृष्ट पर्यटन गन्तव्य भएको बताए ।मार्टमा भरतबन्धु थापाद्वारा निर्देशीत नेपाल झल्काउने प्रचारात्मक भिडीयोहरु समेत प्रर्शन गरिएको थीयो ।

Comments

comments

अरु समाचार

© Paschim Khabar 2017 - All Right Reserved.